शिवा स्त्री
देशको शिक्षण प्रद्धति र य
सको स्वरुपमा परिवर्तन हुन सकेको छैन । जसको प्रतिफल स्वरुप आज राष्ट्रको शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने भट्टिमा परिणत भएको छ । हजारौं क्षमतावान, उत्साहित युवा जमात मानव तस्करको सहायता लिई खाडी राष्ट्रमा सस्तो मुल्यमा आफ्नो श्रम बेच्न विवस छन् । देश विकासका लागि पहिलो र प्रमुख खुड्किलो शिक्षा हो । जसको विकास विना अन्य कुनै पनि क्षेत्रको विकास अकल्पनीय छ । लोकतान्त्रिक गणतन्त्रवादी सरकाले पनि शिक्षामा आमुल परिवर्तन ल्याउन सकेको भने पाईंदैन ।
मुलुकका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने कार्यमा अहिलेको शिक्षा नीतिले ठोस दिशा दिन सक्ने देखिँदैन । वर्तमान शिक्षा नीति बढी सैद्वान्तिक पक्षमा आधारित भएका कारण यसबाट मुलुकमा धेरै बेरोजगार उत्पादन भइरहेका छन् । वर्तमान शिक्षाले प्रमाणपत्र भएका तर ज्ञान र शीप नभएको जनशक्ति तयार पारिरहेको छ । त्यसैले मुलुकको विकासका लागि सबैभन्दा पहिले शिक्षाको राष्ट्रिय नीति स्पष्ट पारी सोहीअनुसार कार्यक्रम तर्जुमा गरिनुपर्दछ । शिक्षा जीवनपयोगी हुनुपर्छ । शिक्षाले श्रम र शीपको ज्ञान दिनुपर्छ । शिक्षाले आत्मनिर्भर भई बाँच्न सिकाउनु पर्दछ । यी सबै उपायहरु प्राप्त गर्न व्यवसायिक र प्राविधिक ज्ञानको आवश्यकता रहन्छ । त्यसैले प्राविधिक र व्यवसायिक जनशक्ति उत्पादन गर्न सक्ने शिक्षा नीति राष्ट्रका लागि अहिलेको आवश्यकता हो ।
मुलुकको विकासका लागि सबैभन्दा पहिले शिक्षाको राष्ट्रिय नीति स्पष्ट पारी सोहीअनुसार कार्यक्रम तर्जुमा गरिनुपर्दछ । शिक्षा जीवनपयोगी हुनुपर्छ । शिक्षाले श्रम र शीपको ज्ञान दिनु पर्छ । शिक्षाले आत्मनिर्भर भई बाँच्न सिकाउनु पर्दछ । यी सबै उपायहरु प्राप्त गर्न व्यवसायिक र प्राविधिक ज्ञानको आवश्यकता रहन्छ ।
हाम्रो देश नेपाल एसियाका महाशक्ति राष्ट्र चीन र भारतको बीचमा अवस्थित छ । जसको क्षेत्रफल ती विशाल राष्ट्रको एउटा सानो राज्यको जति छ । यति सानो राज्यमा पनि असमान शिक्षा लागु भइराखेको छ । शहरी क्षेत्रका विधार्थीले धेरै पैसा खर्च गरेर लिन सक्ने शिक्षा एक किसिमको छ भने गाउँका सरकारी स्कुलमा फरक किसिमको शिक्षा दिइ राखेको छ । पढाइने किताब पनि सरकारी र बोडिङ स्कुलहरुमा फरक किसिमको पाइन्छ । तर रोजगारीको क्षेत्रमा भने समान किसिमको प्रतिस्पर्धा अपनाइन्छ जुन प्रतिस्पर्धा शहरमा ठूलो धनराशि खर्च गरी पढेका पूँजीपति तथा धनाढ्यहरुका छोराछोरीले मात्र पतिस्पर्धा गर्न सक्छन् । तर जो गाउँका ती दयनीय अवस्थामा पढि आएका गरिबका छोराछोरीले के प्रतिस्पर्धा गर्न सक्लान् त ? जसको फलस्वरुप धनी र गरिबबीचको खाडल झनै ठूलो भएर बढेको छ भने शिक्षित भनिने युवाको मनोबल गिरी उनीहरुको आत्मविश्वासमा पनि कमी आएको छ । त्यसैका कारण मानसिक रोगीहरुको संख्या बढिरहेको छ । पुरानो असमान शिक्षाको फलस्वरुप हत्या, लुट, बलात्कार जस्ता अपराधका घटना दिन प्रतिदिन बढिरहेका छन् । अर्को्तिर कुलतमा फस्ने युवाहरुको जमात पनि यही पुरानो बेरोजगारमुखी शिक्षाको कारणले बढी राखेको छ ।
समाजमा यही पुरानो असमान शिक्षाको फलस्वरुप हत्या, लुट, बलात्कार जस्ता अपराधका घटना दिन प्रतिदिन बढिरहेका छन् । अर्को्तिर कुलतमा फस्ने युवाहरुको जमात पनि यही पुरानो बेरोजगारमुखी शिक्षाको कारणले बढी राखेको छ । वास्तविक रुपमा शिक्षामा आमुल परिवर्तन ल्याउने हो भने सबै युवाले उठाउँदै आएको व्यवहारिक शिक्षा नीति लागु गर्न आवश्यक छ । शिक्षालाई क्रमसँग जोड्दा बालअधिकारको र बालश्रम शोषणको कुरा उठाउँछन् । उनीहरु श्रम र शीप विकासको शिक्षाबाट कटाएर जिन्दगीभर बेरोजगारी र काम गर्न नजान्ने बनाई राख्न चाहन्छन् पुँजीपतिहरु । पुँजीपतिहरुले बेरोजगार युवालाई आफ्नो दासको रुपमा प्रयोग गरिरहेका छन् र उनीहरु निरन्तर यही चाहन्छन् । हामी यस्तो अध्ययन अनुशासन र शिक्षा दिक्षामा विश्वास राख्दैनौ । जुन शिक्षा स्कुलमा मात्र सिमित रहन्छ र जीवनको चहलपहलबाट अलग–अलग गरिएको हुन्छ । अर्कोतिर नवयुवकहरुको शिक्षादीक्षा भावुकतापूर्ण व्याख्या र नैतिक उपदेशको आधारमा हुनुहुँदैन । किनकी यसले उनीहरुलाई मानसिक असर परेको हुन्छ । जसको फलस्वरुप सिर्जनात्मक काम गर्न असर पु¥याइरहेको हुन्छ ।
हात्ती र हात्तीछाप चप्पलमा कुन बलियो छ भनी सोध्दा उस्तै उस्तै हो भनी आम सञ्चारको माध्यमबाट आउने गरेको भ्रमपूर्ण र झुटो कुरा बाल मस्तिष्कमा पर्दा बाल अधिकारको विषयवस्तु नउठ्नु तर शिक्षासँग जोडिएर आउने श्रममुखी शिक्षाले बाल अधिकारको हनन् गर्छ भन्नु साम्राज्य वादी र पुँजीपतिहरुले आफ्नो लुटको दुनियाँ ढल्छ भन्ने ठानी फैलाएको कागजी रुपी हौवा हो । पुरानो शिक्षाले श्रमको महत्वलाई समेट्न र व्यवहारमा लागु गर्न सकेको छैन । जसका कारण आज मास्टर डिग्री हाँसिल गरेर युवा बेरोजगार भै बस्न बाध्य छन् । मास्टर डिग्री हाँसिल गर्दासमेत जीवनपद्धतिका बारेमा कहिल्यै सिकाईंदैन । न थोरै अंक ल्याउनेलाई हौसला गरिन्छ, न त धेरै ल्याउनेलाई प्रोत्साहन नै । जनवादी शिक्षाबाट हाम्रो तात्पर्य तीन वटा कुरा सँग जोडिएको छ ।
– मानसिक शिक्षा
– शारिरीक शिक्षा प्रशिक्षण (जुन स्कुलहरुमा व्यायमद्वारा सिकाइन्छ)
– बहु–प्राविधिक शिक्षा (जसले उत्पादनका सम्पूर्ण प्रक्रियाहरुको आमा सिद्घान्त सिकाउँछ, बच्चा तथा किशोर किशोरीहरुलाई सम्पूर्ण व्यवसायहरुका प्राथमिक औजारहरुको व्यवहारिक उपयोग गर्न सिकाउँछ)
निश्चित रुपमा जनवादी शिक्षाले पुरानो शिक्षादीक्षाको कुनै महत्व राख्दैन भन्ने कुरा गलत हो किनकी पुरानो शिक्षामा पनि भएका राम्रा र उपयोगी ज्ञानका कुरा समेट्दै आजको शिक्षालाई व्यवहारिक बनाउन अत्यन्त आवश्यक रहेको छ ।
अन्तमा, हाम्रो शिक्षालाई व्यवहारिक र शीपमूलक बनाउँदै वार्षिक ३ दशमलव ४ प्रतिशतका दरले बढ्दो शैक्षिक बेरोजगारको संख्यालाई न्यूनीकरण गर्दै नेपालमा आफ्नै देश प्रकृति सुहाउँदो व्यवहारिक, शीपमूलक र उत्पादनमूलक शिक्षाको संस्थागत विकास गर्नु आजको आवश्यकता रहेको छ ।









